
काठमाडौं, १४ मंसिर । सपोर्ट माइक्रो फाइनान्स र फरवार्ड माइक्रो फाइनान्सको शेयरमूल्य आज नेप्सेमा समायोजन भएकाे छ । दुबै माइक्रो फाइनान्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुकक्लोज गरेपछि नयाँ शेयरमूल्य समायोजन गरिएकाे हाे ।
सपोर्ट माइक्रोफाइनान्सको १३.७७५ प्रतिशत बोनस शेयर समायाेजन भएकाे छ । साथै फरवार्ड माइक्रो फाइनान्सको १३.३३ प्रतिशत बोनस शेयर समायोजन गरिएकाे छ ।
शेयर समायोजन गरिएपछि सपोर्ट माइक्रो फाइनान्सको शेयरमूल्य २ हजार ९२४ रुपैयाँ १९ पैसा र फरवार्डको शेयरमूल्य १ हजार ३५२ रुपैयाँ १६ रुपैयाँ कायम भएको छ। दुबैकाे शेयरमूल्य अघिल्लो कारोबार भएकाे दिनको अन्तिम मूल्यकाे आधारमा समायोजन गरेको नेप्सेले जनाएकाे छ ।
अघिल्लो कारोबार भएकाे दिन बिहीबार सपोर्ट माइक्रोफाइनान्सको शेयर प्रतिकित्ता ३ हजार ३२७ रुपैयाँमा र फरवार्डको १ हजार ५३२ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।दुबैकाे समायोजन गरिएकाे मूल्यकाे आधारमा अब आइतबार दोस्रो बजारमा शेयर कारोबार खुल्ने भएकाे छ।
फरवार्ड माइक्रोफाइनान्स लघुवित्त
यसैबीच, फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाकाे १२ औँ साधारण सभा मंसिर २८ गते बस्ने भएकाे ५ । सभा दिनेश चौधरी स्मृति प्रतिष्ठानको सभाहल, दुहवी, सुनसरीमा बाेलाइएकाे छ। सभा पूर्वान्ह ११ बजे बाेलाइएकाे छ।
सभाबाट १३.३० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७० प्रतिशत नगद लाभांशसहित १४ प्रतिशत लाभांश वितरणकाे प्रस्ताव पारित गरिने भएकाे छ। सभामा मर्जर वा एक्विजिशनकाे कार्य गर्नका लागि तथा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने जिम्मेवारी सञ्चालक लगायतका दिने लगायतका प्रस्तावहरु पेश गरिने भएकाे छ ।
सपोर्ट लघुवित्त
सपोर्ट लघुवित्त वित्तीय संस्थाकाे १० औँ साधारण पुस ६ गते दुर्गा पार्टी प्यालेस, इटहरी–४, सुनसरीमा पूर्वान्ह बिहान ११ बजे बोलाइएको छ। सभाका लागि १३.७७५ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनका लागि ०.७२५ प्रतिशत नगद लाभांश वितरणकाे प्रस्ताव पारित गरिने भएकाे छ । यस्तै मर्जर वा एक्विजिशनकाे कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने जिम्मेवारी सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका एजेण्डाहरु रहेका छन् ।








महेन्द्रनगर, ८ मङ्सिर। कञ्चनपुरको महाकाली नदीमा पुनर्निर्माणको पर्खाइमा रहेको दोधारा चाँदनी झोलुङ्गे पुलका लागि रु…
दमौली (तनहुँ), ८ मङ्सिर। तनहुँको शुक्लागण्डकी नगरपालिकाले सोमबारदेखि स्थायी लेखा नम्बर (प्यान)सम्बन्धी सेवा सुरु गरेको…
काठमाडौ, ८ मंसिर । युनिलिभर नेपाल लिमिटेड (UNL) को लाभांश सुरक्षित गर्ने आज (मंसिर ८…
काठमाडौं, ८ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




