सुनमा रु १६ सयले बृद्धि, चाँदीको भाउ पनि बढ्यो

-



     सफल आवाज    
     मंसिर १४ गते २०८१ मा प्रकाशित



काठमाडौं, १४ मंसिर । साताको सुनचाँदीको कारोबार हुने छैटौं दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ १६ सय तथा चाँदी रुपैयाँ ४५ ले बृद्धि भएको जनाएको छ ।

आज छापावाल सुनमा रुपैयाँ १६ सयले बढेर तोलाको १ लाख ५० हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बिहिबार छापावाल सुन तोलाको १ लाख ४९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा रुपैयाँ ४५ ले बढेर तोलाको १ हजार ८ सय ४५ रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार सेतो धातु चाँदी तोलाको १ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।