
काठमाडौं, १६ मंसिर । बिभिन्न् ४ वटा लघु बिमा कम्पनीले शेयर (आइपीओ) खुलाउने तयारी गरिरहेका छन । शेयर जारीकाे तयारी गर्ने कम्पनीहरुमा गार्डियन माइक्रो लाइफ, क्रेस्ट माइक्रो लाइफ, नेपाल माइक्रो र प्रोटेक्टिभ माइक्रो इन्स्याेरेन्स रहेका छन्।
४ मध्ये गार्डियन माइक्रो लाइफको शेयर सेबाेनले स्वीकृत गरिसकेकाे छ । कम्पनीले पहिलो चरणमा मंसिर १९ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि शेयर खुलाउने भएकाे छ ।
उता क्रेस्ट माइक्रो लाइफ, नेपाल माइक्रो र प्रोटेक्टिभ माइक्रो इन्स्याेरेन्सले शेयर खुलाउनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् ।
बिमा प्राधिकरणले लघुबिमा कम्पनीको लागि रुपैयाँ ७५ करोड न्यूनतम चुक्ता पुँजी ताेकेकाे छ । हाल सञ्चालनमा रहेका ७ वटा लघु बिमा कम्पनीको प्रत्येकको चुक्ता पुँजी रुपैयाँ ५२ करोड ५० लाख रहेकाे छ ।
नियम अनुसार कम्पनीमा संस्थापक समूहका सेयरधनीको हिस्सा घटीमा ५१ प्रतिशत र सर्वसाधारणका लागि घटीमा ३० प्रतिशत शेयर निष्काशन गर्नुपर्ने प्रावधान रहेकाे छ ।
साथै बढीमा ५ प्रतिशत शेयर कर्मचारीका लागि हुनुपर्नेछ । साेहि व्यवस्था अनुसार कम्पनीहरुले शेयर खुलाउनु पर्ने हुन्छ । जाे कम्पनी सञ्चालन गरेकाे १ वर्ष पुगेकाे हुनुपर्छ । त्यसपछी मात्रै सर्वसाधारणका लागि शेयर खुलायन पाइने व्यवस्था रहेको छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




