आज सुनचाँदीको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?

-



     सफल आवाज    
     मंसिर १६ गते २०८१ मा प्रकाशित



काठमाडौं, १६ मंसिर । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आईतबार नेपाली बजारमा सुनचाँदीकाे भाउ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ ४ सय चाँदीमा रुपैयाँ ५ ले घटेको जनाएको छ ।

यसदिन छापावाल सुनमा रुपैयाँ ४ सयले घटेर तोलाको १ लाख ५० हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि शुक्रबार छापावाल सुन तोलाको १ लाख ५० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार सेतो धातु चाँदीमा रुपैयाँ ५ ले घटेर तोलाको १ हजार ८ सय ४० रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार चाँदी तोलाको १ हजार ८ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।