नेप्सेमा दोहोरो अंकको गिरावट, पौने ९ अर्बको कारोबार

-



     सफल आवाज    
     मंसिर १६ गते २०८१ मा प्रकाशित



काठमाडौं, १६ मंसिर । साताको शेयर कारोबार हुने पहिलो दिन आईतबार नेपाली शेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ९.९९ अंकले घटेर २७३८.०६ विन्दुमा झरेको छ । नेप्सेमा ०.३६ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ४.२० अंकले घटेर ४७३.३० विन्दुमा रहेको छ ।

यसदिन १३ उपसमूहहरुमध्ये ३ वटामा मात्रै हरियो लागेको छ । बाँकी रहेका १० वटा उपसमूहहरुमा रातो लागेको छ । कुल ३१४ कम्पनीहरुको शेयर कारोबार भएको छ ।

उनीहरुको १ करोड ६७ लाख ६७ हजार १६८ कित्ता शेयरको खरिदबिक्रीबाट ८ अर्ब ८३ करोड २२ लाख २५ हजार ८९२ रुपेयाँ ८२ पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको शेयर कारोबार भएको छ । बैंकको ३४ करोड ३१ लाख ४९ हजार ७१७ रुपैयाँ ९० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै विशाल बजार कम्पनी लिमिटेडको शेयरमूल्य बढेको छ । कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै जानकी फाइनान्स कम्पनी लिमिटेडको शेयरमूल्य घटेको छ । फाइनान्सको शेयरमूल्य १० प्रतिशतले घटेको छ ।