नेशनल लघुवित्त र ङादी ग्रुपको शेयरमूल्य समायोजन

-



     सफल आवाज    
     मंसिर १८ गते २०८१ मा प्रकाशित



काठमाडौं, १८ मंसिर । नेशनल लघुवित्त वित्तीय संस्था र ङादी ग्रुप पावरको शेयरमूल्य आज नेप्सेमा समायोजन भएको छ । यसदिन साेहि समायाेजन भएकाे नयाँ मूल्यकाे आधारमा दोस्रो बजारमा शेयर कारोबार हुनेछ।

नेशनल लघुवित्तको १४.२५ प्रतिशत बोनस शेयर समायोजन भएकाे छ । ङादी ग्रुप पावरको १०० प्रतिशत हकप्रद शेयर समायोजन गरिएकाे छ ।

शेयरमूल्य समायोजन भएपछि नेशनल लघुवित्तको शेयरमूल्य १ हजार ३५५ रुपैयाँ कायम भएकाे छ । यस्तै ङादी ग्रुप पावरको शेयरमूल्य २८९ रुपैयाँ कायम भएको नेप्सेले जनाएकाे छ।

नेप्सेका अनुसार अघिल्लो कारोबार भएकाे दिनको अन्तिम मूल्यकाे आधारमा दबै कम्पनीहरुको शेयरमूल्य समायोजन गरेर नयाँ मूल्य निर्धारण गरिएकाे हो। सोमबार दोस्रो बजारमा नेशनल लघुवित्तकाे शेयर प्रतिकित्ता १ हजार ५४९ रुपैयाँमा काराेबार भएकाे थियाे । ङादी ग्रुपको प्रतिकित्ता ४७८ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

यसैबीच, नेशनल लघुवित्तले मंसिर २४ गते एघारौँ साधारण सभा डाकेकाे छ । सभा अरनिको पार्टी प्यालेस, बनेपा नगरपालिका वडा नं. ५, भिमसेनमार्गमा पूर्वान्ह ११ बजे बाेलाइएकाे छ।

सभाबाट १४.२५ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांशसहित १५ प्रतिशत लाभांश वितरणकाे प्रस्ताव अनुमाेदन हुनेछ । साथै ७ लाख ६५ हजार ३७७.६४ कित्ता एफपीओ निष्काशनकाे गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन, लेखापरीक्षककाे नियुक्ति र पारिश्रमिक ताेक्ने लगायतका प्रस्तावहरु पेश गरिने भएकाे छ।