सुन तोलामा रु १ हजारले बृद्धि, चाँदीको भाउ पनि बढ्यो

-



     सफल आवाज    
     मंसिर १८ गते २०८१ मा प्रकाशित



काठमाडौं, १८ मंसिर । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ ।
छापावाल सुनमा यसदिन रुपैयाँ १ हजारले बढेको छ । चाँदीमा रुपैयाँ ३० ले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ १ हजारले बढेर तोलाको १ लाख ५० हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको जनाएको छ । यसअघि सोमबार छापावाल सुन तोलाको १ लाख ४९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीमा रुपैयाँ ३० ले बढेर तोलाको १ हजार ८ सय ४५ रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार सेतो धातु चाँदी तोलाको १ हजार ८ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।