नेप्सेमा १७.८० अंकको बृद्धि, साढे ८ अर्बको कारोबार

-



     सफल आवाज    
     मंसिर १८ गते २०८१ मा प्रकाशित



काठमाडौं, १८ मंसिर । साताको शेयर कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली शेयर बजारमा सकारात्मक माहोल देखिएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १७.८० अंकले बढेर २७७५.८५ विन्दुमा उक्लिएको छ । नेप्सेमा ०.६४ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ०.५८ अंकले घटेर ४७१.२१ विन्दुमा रहेको छ ।

यसदिन १३ उपसमूहहरुमध्ये ६ वटामा रातो लागेको छ । बाँकी रहेका ७ वटामा हरियो लागेको छ । कुल ३०७ कम्पनीहरुको शेयर कारोबार भएको छ ।

उनीहरुको १ करोड ८१ लाख ६० हजार ६३४ कित्ता शेयरको खरिदबिक्रीबाट ८ अर्ब ५२ करोड १२ लाख १९ हजार २९९ रुपैयाँ ६ठ पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै ङादी ग्रुप पावर लिमिटेडको कारोबार भएको छ । कम्पनीको २६ करोड ७४ लाख ३७ हजार ७६४ रुपैयाँ ९० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै दिव्यश्वरी हाइड्रोपावर लिमिटडको शेयरमूल्य बढेको छ । कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै अप्पर स्याँगे हाइड्रोपावर लिमिटेडको शेयरमूल्य घटेको छ । कम्पनीको शेयरमूल्य ९.५१ प्रतिशतले घटेको छ ।