गार्डियन माइक्रो लाइफ इन्स्याेरेन्सको शेयर आजदेखि खुला

-



     सफल आवाज    
     मंसिर १९ गते २०८१ मा प्रकाशित



काठमाडौं, १९ मंसिर । गार्डियन माइक्रो लाइफ इन्स्याेरेन्सको शेयरमा आजदेखि आवेदन खुल्ला गरिएकाे छ । शेयरमा वैदेशिक राेजगारमा गएका नेपालीले आवेदन पाउनेछन् ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट २२ लाख ५० हजार कित्ता शेयर खुलाउन अनुमति लिएकाे थियो । यसमा २ लाख २५ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि रहेकाे छ । 

कर्मचारीका लागि ६७ हजार ५०० कित्ता शेयर रहेकाे छ । १ लाख १२ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । सर्वसाधारणले बाँकी रहेको १८ लाख ४५ हजार कित्ताका लागि आवेदन दिन पाउनेछन् । 

शेयरमा लगानी गर्न चाहने लगानीकर्ताले वैदेशिक रोजगारीमा रहेका नेपालीले पुस ३ गतेसम्म आवेदन दिन पाउनेछन् । यसमा घटीमा १० कित्ता र बढीमा १ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ ।

शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ ।