
वासिङ्टन, १९ मङ्सिर । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पका प्रमुख सहयोगी तथा फक्स न्यूजका पूर्वप्रस्तोता टकर कार्लसनले मस्कोमा रूसी विदेशमन्त्री सर्गेई लाभरोभसँग अन्तर्वार्ता लिएको मङ्गलबार घोषणा गरेका छन्।
सन् २०२२ को फेब्रुअरीमा रूसले युक्रेनमा गरेको आक्रमणपछि कार्लसन रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग अन्तर्वार्ताका लागि मस्को गएका थिए ।
कार्लसनले मङ्गलबार आफ्नो सामाजिक सञ्जाल र वेबसाइटमा प्रकाशित एक भिडियोमा वासिङ्टन र मस्कोबीच बढेको तनावबारे प्रकाश पार्न आफू रूसमा पुगी समसामयिक बिषयमा लाभरोभसँग छलफल भएको बताए । कार्लसनल अन्तवार्ता प्रशारण गर्ने तिथि सावैजनिक नगरिकन भने, “हामी भर्खर त्यो अन्तर्वार्ता लिएर आएका छौँ ।
अन्तवार्ता एकदम आकर्षक र सान्दर्भिक छ। यो धेरै चाँडै आउँदैछ।” कार्लसनले आफुले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग अन्तर्वार्ता लिन खोजेको तर अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनले रोकेको आरोप पनि लगाए । डेमोक्र्याट, तथाकथित ‘जागृत’ प्रदर्शनकारी र साम्यवादको आक्रमणमा फसेको संयुक्त राज्य अमेरिका पतनको बाटोमा रहेको राष्ट्रको रूपमा चित्रण गर्न कार्लसनले वर्षौं बिताए ।
उनले अमेरिकी फक्स न्यूज छोडेपछि अमेरिकामा विद्यमान सामाजिक प्रणालीमा षडयन्त्रका सिद्धान्तहरूबारे सचेतना जगाउँदै आए । केबल नेटवर्कमा उनको प्रसिद्ध कार्यक्रमको प्रशारण अप्रिल २०२३ देखि रोकिएको थियो । कार्लसनले त्यसपछि यस पहिले ट्वीटरका रूपमा चिनिँदै आएको सामाजिक सञ्जाल एक्समा कार्यक्रमहरू प्रसारण गर्दै आए । अहिले उनको आफ्नै ‘स्ट्रिमिङ प्लेटफर्म’, टकर कार्लसन नेटवर्क छ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




