
काठमाडौं, १९ मंसिर । साताको शेयर कारोबार हुने चौथो दिन बिहिबार नेपाली शेयर बजारमा करेक्सन भएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २४.९७ अंकले घटेर २७५०.८७ विन्दुमा झरेको छ । नेप्सेमा ०.८९ प्रतिशतले घटेको छ । सेन्सेटिभ इण्डेक्स २.१८ अंकले घटेर ४६९.०३ विन्दुमा रहेको छ ।
१३ उपसमूहहरुमध्ये ३ वटामा राताको लागेको छ । बाँकी रहेका १० वटामा हरियो लागेको छ । कुल ३२० कम्पनीहरुको शेयर कारोबार भएको छ ।
उनीहरुको २ करोड ३ लाख ३२ हजार ६६ कित्ता शेयरको खरिदबिक्रीबाट ९ अर्ब १३ करोड २४ लाख ६८ हजार ९०६ रुपैयाँ ७७ पैसा बराबरको कारोबार भएको छ ।
कारोबारको आधारमा सबैभन्दा बढी जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको कारोबार भएको छ । कम्पनीको ३० करोड ३० लाख ६९ हजार २२५ रुपैयाँ ३० पैसा बराबरको शेयर कारोबार भएको छ ।
सबैभन्दा धेरै खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडको शेयरमूल्य बढेको छ । कम्पनीको शेयरमूल्य ९.९९ प्रतिशतले बढेको छ ।
सबैभन्दा धेरै सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको शेयरमूल्य घटेको छ । कम्पनीको शेयरमूल्य १० प्रशिशतले घटेको छ ।










महेन्द्रनगर, ८ मङ्सिर। कञ्चनपुरको महाकाली नदीमा पुनर्निर्माणको पर्खाइमा रहेको दोधारा चाँदनी झोलुङ्गे पुलका लागि रु…
दमौली (तनहुँ), ८ मङ्सिर। तनहुँको शुक्लागण्डकी नगरपालिकाले सोमबारदेखि स्थायी लेखा नम्बर (प्यान)सम्बन्धी सेवा सुरु गरेको…
काठमाडौ, ८ मंसिर । युनिलिभर नेपाल लिमिटेड (UNL) को लाभांश सुरक्षित गर्ने आज (मंसिर ८…
काठमाडौं, ८ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




