सुन ताेलामा रु ६ सयले गिरावट, चाँदीको भाउ बढ्यो

-



     सफल आवाज    
     मंसिर २१ गते २०८१ मा प्रकाशित



काठमाडौं, २१ मंसिर । साताको सुन चाँदीको कारोबार हुने छैटौं दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको भाउमा तलमाथि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ ६ सयले गिरावट भएको छ । चाँदीमा भने रुपैयाँ १० ले बढेको छ ।

छापावाल सुनमा रुपैयाँ ६ सयले घटेर तोलाको १ लाख ५० हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बिहिबार छापावाल सुन तोलाको १ लाख ५० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा रुपैयाँ १० ले बढेर तोलाको १ हजार ८ सय ९० रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार सेतो धातु चाँदी तोलाको १ हजार ८ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।