मिथिला लघुवित्तद्वारा १५ प्रतिशत लाभांश घोषणा

-



     सफल आवाज    
     मंसिर २१ गते २०८१ मा प्रकाशित



काठमाडाैं, २१ मंसिर । मिथिला लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ। संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्नका लागि लाभांश घोषणा गरेको हाे ।

लघुवित्तका अनुसार हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा भएकाे छ । यसमा १४.२८६ प्रतिशत बोनस शेयर तथा ०.७१४ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश रहेको छ।

लघुवित्तकाे बिहिबार, मंसिर २० गते बसेको सञ्चालक समितिको बैठकले साे लाभांश वितरण गर्ने निर्णय गरेको हो। अब उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि तथा संस्थाकाे आगामी साधारण सभाले अनुमाेदन गरेपछि वितरण गरिने भएकाे छ।