सुनचाँदीको भाउ घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

-



     सफल आवाज    
     मंसिर २३ गते २०८१ मा प्रकाशित



पोखरा, २३ मंसिर । साताको सुन चाँदीको कारोबार हुने पहिलो दिन आईतबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ ४ तथा चाँदीमा रुपैयाँ २५ ले घटेको जानकारी गराएको छ ।

छापावाल सुनमा रुपैयाँ ४ सयले घटेर तोलाको १ लाख ४९ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि शुक्रबार छापावाल सुन तोलाको १ लाख ५० हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा यसदिन रुपैयाँ २५ ले घटेको छ । यसरी घटेको चाँदी तोलाको १ हजार ८ सय ६५ रुपैयाँमा कारोबार भईरहेकाे छ । शुक्रबार सेतो धातु चाँदी तोलाको १ हजार ८ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।