शेयर बजार राताम्मै, कारोबार ७ अर्ब ४६ करोडमा सिमित

-



     सफल आवाज    
     मंसिर २३ गते २०८१ मा प्रकाशित



काठमाडौं, २३ मंसिर । साताको शेयर कारोबार हुने पहिलो दिन आईतबार नेपाली शेयर बजार राताम्मै भएको छ । शेयर बजारमा केहि दिनदेखिको गिरावटले फेरि लगानीकर्तालाई पर्ख र हेरको अवस्थामा पुर्याएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ४५.९३ अंकले घटेर २६८९ विन्दुमा झरेको छ । नेप्सेमा १.६७ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ६.९६ अंकले घटेर ४५७.४ विन्दुमा रहेको छ ।

यसदिन १३ वटै उपसमूहहरु राताम्मै भएका छन् । कुल ३२१ कम्पनीहरुको शेयर कारोबार भएके छ । उनीहरुको १ करोड ७३ लाख ९२ हजार २४४ कित्ता शेयरको खरिदबिक्रीबाट ७ अर्ब ४६ करोड ३ लाख ४ हजार ९९९ रुपैयाँ ५५ पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी एनआरएन इन्फ्राइन्स्ट्रक्चर एण्ड डेभलपमृन्ट लिमिटेडको कारोबार भएको छ । कम्पनीको ३२ करोड ६४ लाख ६१ हजार ५८९ रुपैयाँ बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडको शेयरमूल्य बढेको छ । कम्पनीको शेयरमूल्य ९.९८ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै मानुषि लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य घटेको छ । कम्पनीको शेयरमूल्य १० प्रतिशतले घटेको छ ।