
काठमाडौं, २४ मङ्सिर । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले लाभांशकाे प्रस्ताव पारित गर्न साधारण सभा डाकेकाे छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ८ प्रतिशत लाभांशकाे प्रस्ताव पारित गर्न साधारण सभा बाेलाएकाे हाे ।
बैंकले सोह्रौँ साधारण सभा पुसकाे १९ गते ड्रिमल्याण्ड गोल्ड रिसोर्ट एण्ड होटल, प्रा.लि., मणिग्राम, रुपन्देहीमा बाेलाएकाे छ ।सभा साे दिन पूर्वान्ह ११ बाेलाइएकाे छ।
सभाबाट ३ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनका लागि ५ प्रतिशत नगद लाभांशसहित ८ प्रतिशत लाभांश वितरणकाे प्रस्ताव अनुमाेदन हुनेछ ।
सभामा मर्जर तथा एक्विजिशनसम्बन्धि कार्य गर्नका लागि, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने जिम्मेवारी सञ्चालक समितिलाई दिने, संस्थापकहरुबाट ३ जना र सर्वसाधारणकाबाट ३ जना सञ्चालक चयन गर्ने, लेखापरीक्षक नियुक्त तथा पारिश्रमिक ताेक्ने लगायतका प्रस्तावहरु पेश हुनेछन्।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनकाे लागि पुस ३ गते बुकक्लोज गरिने भएकाे छ। शेयरधनीहरुले पुस २ गतेसम्म नेप्सेमा शेयर काराेबार गरी कायम भएकाे हुनुपर्नेछ । यसरी कायम भएकाहरु नै साधारण सभामा सहभागिता जनाउन र लाभांश पाउनका लागि याेग्य मानिनेछन्।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




