नेप्सेमा ५१.३७ अंकको गिरावट, करिब ६ अर्बको कारोबार

-



     सफल आवाज    
     पौष १ गते २०८१ मा प्रकाशित



काठमाडौं, १ पुस । साताको शेयर कारोबार हुने दोश्रो दिन सोमबार नेपाली शेयर बजार राताम्मै भएको छ । पछिल्ला दिनहरुमा नेप्सेमा भईरहेको ओरालोको यात्राले लगानीकर्ताहरु पर्ख र शेरको शवस्थामा रहेका छन् ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ५१.३७ अंकले घटेर २६३०.९१ विन्दुमा झरेको छ । नेप्सेमा १.९१ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ६.९३ अंकले घटेर ४५१.२८ विन्दुमा रहेको छ ।

१३ वटै उपसमूहहरु सबै राताम्मै भएका छन् । यसदिन ३०४ कम्पनीहरुको शेयर कारोबार भएको छ । उनीहरुको १ करोड २७ लाख ४५ हजार ७७७ कित्ता शेयरको खरिदबिक्रीबाट ५ अर्ब ९३ करोड ५६ लाख ४ हजार ८४७ रुपैयाँ ४ पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै एनआरएन इन्फ्राइस्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको कारोबार भएको छ । कम्पनीको २६ करोड ४५ लाख ९० हजार ३३० रुपैयाँ ९० पैसाब बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै कुथेली भूकारी स्मल हाइड्रोपावर लिमिटेडाको शेयरमूल्य बढेको छ । कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै जानकी फाइनान्स कम्पनी लिमिटेडको शेयरमूल्य घटेको छ । कम्पनीको शेयरमूल्य ९.५८ प्रतिशतले घटेको छ ।