
काठमाडौं, २ पुस । वाणिज्य बैंकहरूमा कार्यरत प्रमुख कार्यकारी अधिकृतहरूकाे संस्था नेपाल बैंकर्स संघको अध्यक्षमा सन्तोष कोइराला निर्विरोध भएका छन् ।
प्रभु बैकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले अध्यक्षमा दिएकाे उम्मेदवारी फिर्ता लिएपछि कोइराला निर्विरोध भएका हुन। अध्यक्षमा निर्विरोध भएका कोइराला माछापुच्छ्रे बैकका प्रमुख कार्यकारी अधिकृतकाे जिम्मेवारीमा छन ।
संघको वार्षिक साधारण सभा भाेलि बुधबार हुदैछ । साे सभाले कोइरालालाई औपचारिक रुपमा अध्यक्षको निर्विरोध चयन भएकाे घोषणा गर्नेछ । बैंकर्स संघमा अध्यक्षको कार्यकाल २ वर्षको हुनेछ।
हाल नेपाल बैंकर्स संघको अध्यक्षमा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी रहेका छन् । कोइराला हाल उपाध्यक्ष छन् । कोइराला अध्यक्ष भएपछि सो पदमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र रेग्मी आउने छन् ।
रिक्त रहेको ३ जना सदस्यमा एभरेष्ट बैंकका सुदेश खालिङ, कुमारी बैंकका रामचन्द्र खनाल र नेपाल बैंकका तिलकराज पाण्डेय सर्वसम्मत भएका छन् ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




