चिलिमे जलविद्युतले १२ प्रतिशत लाभांश वितरण गर्ने

-



     सफल आवाज    
     पौष २ गते २०८१ मा प्रकाशित



काठमाडौं, २ पुस । चिलिमे जलविद्युत कम्पनीले १२ प्रतिशत लाभांश वितरण गर्ने भएकाे छ । गत आर्थिक वर्षको नाफाबाट कम्पनीले कुल १२ प्रतिशत लाभांश दिने निणर्य गरेको हो ।

कम्पनीको हिजाे पुस १ गते बसेको सञ्चालक समितिको बैठकले १० प्रतिशत बोनश शेयर र २ प्रतिशत नगद लाभांश (बोनश शेयरमा लाग्ने कर सहित) कुल १२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

याे लाभांस कम्पनीकाे अागामी साधारण सभाले पारित गरेपछि मात्रै बितरण गरिने चिलिमे जलविद्युत कम्पनी ब्यबस्थापनले जनाएकाे छ ।