
काठमाडौं, ५ पुस । नेपाल चिया बिकास निगम लिमिटेडले आइपीओ जारी गर्ने भएकाे छ । निगमले सर्वसाधारणका लागि खुलाउने साे शेयर बिक्रीकाे पस्ताव आगामी साधारण सभामा राख्ने भएकाे छ । सभा यही पुस २९ गते डाकिएकाे छ ।
निगमकाे सञ्चालक समितिको पुस २ गते बसेकाे १८५औं बैठकले शेयर खुलाउने निर्णय गर्दै साधारण सभाकाे मिति तय गरेकाे हाे । साे सभा होटल रोयलसिंधिं, कमलादी, काठमाडौंमा अपरान्ह ४ः३० बजे बाेलाइएकाे छ ।
सभाबाट निगमको चुक्ता पुँजी बृद्धि गर्ने, सर्वसाधारणलाई शेयर बिक्री गर्ने, सञ्चालक समितिको प्रतिवेदन अनुमाेदन गर्ने, आ.व. २०८०-८१ असार मसान्तको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तीय विवरणमाथि छलफल गरी पारित गरिने बताइएकाे छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




