सुनको भाउ घट्दै, आज तोलाको १ लाख ४८ हजार ५ सय

-



     सफल आवाज    
     पौष ५ गते २०८१ मा प्रकाशित




काठमाडौं, ५ पुस । आज पनि सुनचाँदीको भाउमा गिरावट भएको छ ।

साताको सुनचाँदीको कारोबार हुने छैंटौ दिन शुक्रबार नेपाली सुनचाँदी बजारमा सुनचाँदीको भाउ घटेर अघिल्लो दिनकोभन्दा तल झरेको छ ।

नेपाल सुनचाँँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ ५ सय तथा चाँदीमा रुपैयाँ २० ले गिरावट भएको हो ।

छापावाल सुनमा रुपैयाँ ५ सयले घटेर तोलाको १ लाख ४८ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बिहिबार छापावाल सुन तोलाको १ लाख ४९ हजार रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा रुपैयाँ २० ले घटेर तोलाको १ हजार ७ सय ६० रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार सेतो धातु चाँदी तोलाको १ हजार ७ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।