गरिमा समृद्धि योजनाको इकाईमा आजदेखि आवेदन खुला

-



     सफल आवाज    
     पौष ७ गते २०८१ मा प्रकाशित



काठमाडाैं, ७ पुस । गरिमा क्यापिटल लिमिटेडको पहिलो म्युचुल फण्ड गरिमा समृद्धि योजनामा आजदेखि आवेदन खुला भएकाे छ ।।क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याएकाे छ ।

कुल इकाईबाट कुल बिक्रीकाे १४ प्रतिशत, १ करोड ४० लाख इकाई कोष प्रवर्धक रहेकाे गरिमा विकास बैंकका लागि रहेकाे छ । १० लाख इकाई योजना व्यवस्थापक कम्पनी गरिमा क्यापिटल लिमिटेडका लागि र बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणका लागि बिक्री गरिनेछ ।

यस योजनामा घटीमा १०० इकाईका लागि आवेदन दिन सकिनेछ । बढीमा भने १ करोड इकाईसम्म आवेदन दिन पाइनेछ।

याे याेजना गरिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुन्छ । यसका लागि पुस ११ गतेसम्म आवेदन दिन पाइनेछ । ताेकिएकेा मितिसम्म पूरा आवेदन नपरेमा पुस २१ गतेसम्म आवेदन दिन सकिनेछ ।

याेजना १० वर्ष अवधिको रहेकाे छ । इच्छुक लगानीकर्ताले बैंक तथा वित्तीय संस्था र रो शेयर अनलाइनबाट आवेदन दिन पाउने यो बन्दमुखी योजना हो।

शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल क्यापिटल लिमिटेड रहेको छ।