
काठमाडौं, ७ पुष । पाेखरामा केन्द्रीय कार्यालय रहेकाे कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले १५ औं साधारण सभा बोलाएको छ । लघुवित्तको मिति २०८१-०९-०६ गते शनिबार पोखरामा बसेको सञ्चालक समितिको २५० औं बैठकको निर्णय अनुसार पन्ध्रौँ वार्षिक साधारण सभा बोलाएको हो ।
उक्त साधारण सभा पुष २९ गते सोमबार होटल टास्क इन्टरनेशनलको सभाहल, पोखरा –१०, बुद्धचोकमा बिहान ९ बजे बस्ने बताइएको छ ।
सभामा सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम वित्तीय संस्थाको आ.व.२०८०-०८१ सम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पूँजी रु.३७,२३,२१,७३९।५१ (अक्षरेपी सैंतिस करोड तेइस लाख एक्काईस हजार सात सय उनान्चालीस रुपैया एकाउन्न पैसा मात्र) को ९.५० प्रतिशतले हुन आउने रकम रु.३,५३,७०,५६५-२५ (अक्षरेपी तीन करोड त्रिपन्न लाख सत्तरी हजार पाँचसय पैसठ्ठी रुपैया पच्चीस पैसा मात्र) बोनस शेयर जारी गर्ने प्रस्ताव स्वीकृत हुनेछ ।
साथै ०.५० प्रतिशतका दरले हुन आउने रकम रु.१८,६१,६०८-७० को नगद लाभांश (वोनश शेयरमा लाग्ने कर) वितरण गर्ने प्रस्ताव स्वीकृत गर्ने बताइएको छ ।
सो सभाले सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने संस्थापक शेयरधनीहरुको तर्फबाट ४ (चार) जना र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट २ (दुई) जना गरी जम्मा ६ (छ) जना सञ्चालकहरुको निर्वाचन समेत गर्नेछ ।
सभाले आर्थिक वर्ष २०८०-०८१ को लेखापरीक्षण प्रतिवेदन सहित २०८१ आषाढ मसान्तको वासलात, सोही अवधिको नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण र सो सँग सम्बन्धित अनुसूचीहरु सहितको वित्तीय विवरण छलफल गरी पारित गर्ने वित्तीय संस्थाले जनाएको छ ।
पुस १८ गतेसम्म कारोबार भई प्रचलित कानूनले तोेकेको समयावधि भित्रमा नामसारी भई यस वित्तीय संस्थाको शेयर रजिष्ट्रार मुक्तिनाथ क्यापिटल लिमिटेड, नक्साल, काठमाण्डौंमा रहेको शेयरधनी दर्ता कितावमा अद्यावधिक भई कायम हुन आएका शेयरधनीहरु मात्र साधारण सभामा भाग लिन तथा बोनस शेयरका लागि ग्राह्य हुने बताइएको छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




