सानिमा माई हाइड्रोको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

-



     सफल आवाज    
     पौष ८ गते २०८१ मा प्रकाशित



काठमाडाैं, ८ पुस । सानिमा माई हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन बाँकी रहेको छ। साधारण सभा तथा लाभांश वितरणकाे प्रयोजनका लागि कम्पनीले मंगलबार, पुस ९ गते बुकक्लोज गर्ने जानकारी गराएकाे छ ।

शेयरधनीहरूले लाभांश पाउन र साधारण सभामा भाग लिनका लागि आजसम्म नेप्सेमा शेयर कारोबार गरी कायम भएकाे हुनुपर्नेछ । यसरी कायम भएका शेयरधनीहरु नै लाभांश पाउन र सभामा भाग लिनका लागि याेग्य मानिनेछन् ।

कम्पनीका अनुसार शेयरधनीहरूका लागि १० प्रतिशत बोनस शेयर वितरण गरिनेछ । साथै कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांशसहित १०.५२६३ प्रतिशत लाभांश वितरण गरिनेछ ।

कम्पनीले लाभांश अनुमाेदनका लागि पुस २८ गते साधारण सभा डाकेकाे छ। सभा सेलिब्रेशन हाईट, सुकेधारा, काठमाडौँमा पूर्वान्ह ११ बजे डाकिएकाे छ।