
काठमाडाैं, ८ पुस । नबिल बैंकले भूकम्पबाट प्रभावितहरूका लागि बनाइएका अस्थायी घर हस्तान्तरण गरेकाे छ । बैंकले जाजरकोट र रुकुम पश्चिममा भूकम्पपछि निर्माण गरिएका ९६ वटा अस्थायी घर हस्तान्तरण गरेको हाे ।
आइतबार एक कार्यक्रमका गरेर बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेलले नलगाड नगरपालिकाका मेयर डम्बरबहादुर रावत तथा चौरजहारी नगरपालिकाका मेयर पुष्प वादीलाई आवास हस्तान्तरण गरे ।
साे अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना, बैंकका सञ्चालक निर्वाण चौधरी लगायतका उच्च व्यक्तिहरूकाे सहभागिता थियाे ।
कार्यक्रममा बैंकका अध्यक्ष पौडेलले अस्थायी घरहरू बनाएर सामाजिक उत्तरदायित्व बहन गरेकाे बताए । उनले उत्कृष्ट बैंकीङ सेवासंगै सामाजिक भूमिकाहरूमा कहिल्यै पछि नपर्ने बताए ।
पाैडेलले प्राकृतिक विपदबाट प्रभावित भएकाहरूलाई सहयोग पुर्याउन र बैंकले सामाजिक उत्तरदायित्व बहन गर्दै अस्थायी आवास सकेर हस्तान्तरण गर्न पाएकाेमा खुसि व्यक्त गरे ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




