लाभांश पारित गर्न नागरिक लगानी कोषले डाक्याे एजिएम

-



     सफल आवाज    
     पौष ९ गते २०८१ मा प्रकाशित



काठमाडौं, ९ पुस । नागरिक लगानी कोषले ३० औं वार्षिक साधारण सभा पुस २९ गते डाकेकाे छ । काेषले १३ प्रतिशत लाभांशकाे प्रस्ताव अनुमाेदन गर्न सभा डाकेकाे हाे ।

कोषले साधारण सभा, कोषको केन्द्रीय कार्यालय, नयाँबानेश्वर काठमाडौंमा साे दिन पूर्वान्ह ११ बजे बाेलाइएकाे छ । सभाले गत वर्षको मुनाफाबाट शेयरधनीलाई ७ प्रतिशत बोनस शेयर दिनेछ । साथै ६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमाेदन गर्नेछ । 

सभामा आर्थिक वर्ष २०८०–८१ को नाफा नोक्सानका बारेमा छलफल गरिने भएकाे छ । साथै आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षककाे नियुक्ति र पारिश्रमिक ताेकिने भएकाे छ ।

साधारण सभाकाे प्रयोजननका लागि कम्पनीले पुस २२ गते बुक क्लोज गर्ने भएकाे छ । लाभांश पाउन र सभामा भाग लिनका लागि शेयरधनीहरुले पुस २१ गतेसम्म नेप्सेमा शेयर काराेबार गरी कायम भएकाे हुनुपर्नेछ ।