
काठमाडौं, १० पुस । आज शेयर बजार, बैंक तथा वित्तीय संस्थाकाे काराेबार बन्द भएको छ । पुस १० गते क्रिसमस डे परेकाेले यस अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।
सार्वजनिक बिदा भएका कारण यसिदन सरकारी कार्यालय, शेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द गरिएका हुन्। बन्दपछि अब कार्यालय, शेयर बजार, बैंक तथा वित्तीय संस्था बिहिबार पुस ११ गते खुल्नेछन् ।
यशुले मुक्ति, प्रेम र शान्ति दिएको विश्वासमा क्रिश्चियन समुदायले आजको दिनलाई तीनवटै दिवसका रुपमा मनाउने गरेका छन् । मानिसलाई प्रेम गरेर आएकाले प्रेम दिवस, शान्ति स्थापना गर्न आएकाले शान्ति दिवस र मुक्ति दिन आएकाले मुक्ति दिवसका रुपमा आजको दिनलाई मनाउने गरिएको छ ।
विश्वभर धेरै मानिसले मनाउने क्रिसमस डे नेपालमा विसं २०६३ पछि महोत्सवका रुपमा मनाउन थालिएकाे हो । सरकारले दिवसका अवसरमा विसं २०६३ देखि २०७४ सम्म सार्वजनिक बिदा दिएको थियो ।
विसं २०७५ देखि २०७७ सम्म क्रिश्चियन धर्मावलम्बीलाई मात्र बिदा दिइएको थियो । विसं २०७८ देखि भने सबैलाई सार्वजनिक बिदा दिन थालिएको हाे।
यस अवसरमा देशका प्रमुख पर्यटकीय क्षेत्रहरु झकिझकाउ, सिंगार पटार गरिएको र क्रिसमस ट्रि बनाएर झिलिमिलि पारिएको छ।








पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका…
काठमाडौं, ८ मङ्सिर। सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रको वर्तमान आवश्यकता, बदलिँदो स्वरूप…
काठमाडौं, ८ मंसिर। साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५.३९ अंकले… 




