
काठमाडौं, १० पुस । गार्डियन माइक्रो लाइफ इन्स्याेरेन्सले शेयर आइपीओ खुलाउने भएकाे छ ।
कम्पनीले सर्वसाधारणका लागि यही पुस २१ गतेदेखि आइपीओ खुलाउने भएकाे हाे । सर्वसाधरणका लागि प्रतिकित्ता १०० रुपैयाँ मूल्यमा १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता शेयर जारी गर्ने भएको छ।
सेबाेनले २२ लाख ५० हजार कित्ता आइपीओ खुलाउन अनुमति दिएकाे छ । यसमा वैदेशिक रोजगारीमा गएका नेपालीले २ लाख २५ हजार कित्ता खरिद गरिसकेका छन्। ६७ हजार ५०० कित्ता कर्मचारीका लागि र १ लाख १२ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएकाे छ ।
सर्वसाधारण लगानीकर्ताले बाँकी रहेको १८ लाख ४५ हजार कित्ताका लागि आवेदन दिन पाउनेछन्। यसशेयर भर्नका लागि पुस २१ गतेदेखि २४ गतेसम्मकाे अवधि ताेकिएकाे छ । लगानीकर्ताले घटीमा १० तथा बढीमा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
शेयर निष्काशन तथा बिक्री प्रवन्धकमा कुमारी क्यापिटल रहेकाे छ ।








काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका…
काठमाडौं, ८ मङ्सिर। सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रको वर्तमान आवश्यकता, बदलिँदो स्वरूप…
काठमाडौं, ८ मंसिर। साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५.३९ अंकले…
काठमाडौं, ८ मंसिर। सरकारले आन्तरिक स्रोत परिचालनका लागि थप १० अर्ब रुपैयाँ ऋण उठाउने भएको… 




