यी ४ कम्पनीकाे लाभांश सुक्षित गर्ने आज अन्तिम दिन

-



     सफल आवाज    
     पौष ११ गते २०८१ मा प्रकाशित



काठमाडौं, ११ पुस । आजसम्म चारवटा कम्पनीहरुकाे लाभांश सुक्षित गर्ने समय रहेकाे छ ।

नेप्सेमा सूचीकृत भएका आजसम्म लाभांश सुक्षित गर्नुपर्ने यी ४ कम्पनीहरु सर्वोत्तम सिमेन्ट, एचआइडीसीएल, सिद्धार्थ बैंक र ग्रीन भेन्चर्स रहेका छन् ।

उनीहरुमध्ये सर्वोत्तम सिमेन्ट, एचआइडीसीएलले साधारण सभा तथा लाभांश प्रयोजनका लागि भाेलि १२ गते बुक क्लोज हुने जनाएका छन् । 

सिद्धार्थ बैंक र ग्रीन भेन्चर्सले भने साधारण सभा प्रयोजनको लागि पुस १४ गते बुक क्लोज हुने बताएका छन् । पुस १२ र १३ गते शुक्रबार र शनिबार परेकाले ती दिनहरुमा शेयर काराेबार हुँदैन । त्यसाे भएकाेले आजसम्म शेयर काराेबार गरी कायम भएकाे हुनुपर्नेछ । यसरी कायम भएकाहरुले मात्रै लाभांश पाउनेछन् । 

ग्रीन भेन्चर्सले गत वर्षको नाफाबाट १० प्रतिशत बोनस दिने भएकाे छ । कर प्रयाेजनका लागि ०.५२ प्रतिशत नगद लाभांश वितरण गर्ने भएकाे छ । साे लाभांश अनुमाेदनका लागि साधारण सभा पुस २८ गते बाेलाइएकाे छ । सभा रानी महल ब्यांकेट, ज्ञानेश्वर, काठमाडौंमा पूर्वान्ह ११ बजे बाेलाइएकाे छ । 

सर्वोत्तम सिमेन्टले गत वर्षको नाफाबाट ७ प्रतिशत बोनस दिने भएकाे छ । साथै ३ प्रतिशत नगद लाभांश वितरण गर्ने जनाएकाे छ । सभाबाट लाभांश अनुमाेदनका लागि पुस २६ गते साधारण सभा डाकिएकाे छ । सभा होटल भिलासा, भैरहवा रुपेन्देहीमा पूर्वान्ह ११ बजे बाेलाइएकाे छ । 

सिद्धार्थ बैंकले गत आर्थिक वर्षको नाफाबाट ४ प्रतिशत नगद लाभांश वितरण गर्ने भएकाे छ । साे लाभांश पारित गर्नका लागि बैंकले पुस २८ गते साधारण सभा बाेलाएकाे छ । साे सभा, आर्मी अफिसर्स, क्लब भद्रकाली काठमाडौंमा बिहान साढे १०.३० बजे बाेलाइएकाे छ । 

जलविद्युत लगानी तथा विकास कम्पनी (एचआइडीसीएल) ले गत आर्थिक वर्षको नाफाबाट ५.२५ प्रतिशत नगद लाभांश दिने भएकाे छ । साे लाभांश अनुमाेदनका लागि पुस २४ गते साधारण सभा डाकिएकाे छ ।