बिहिबार सुनको भाउ बढ्यो, चाँदीको स्थिर

-



     सफल आवाज    
     पौष ११ गते २०८१ मा प्रकाशित



काठमाडौं, ११ पुस । साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली सुनचाँदी बजारमा सुनको भाउ बढेको छ । चाँदीको भाउ भने स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ ६ सयले बढेको छ । चाँदीको भाउ स्थिर रहेर कारोबार भईरहेको छ ।

छापावाल सुनमा रुपैयाँ ६ सयले बढेर तोलाको १ लाख ५० हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बुधबार छापावाल सुन तोलाको १ लाख ४९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार सेतो धातु चाँदीको भाउ स्थिर रहेर तोलाको १ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार पनि चाँदी तोलाको १ हजार ८ सय रुपैयाँमा नै कारोबार भएको थियो ।