काठमाडौं, ११ पुस । साताको शेयर कारोबार हुने पाँचौं दिन बिहिबार नेपाली शेयर बजार सकारात्मक बनेको छ । शेयर बजारको उकालोको यात्राले लगानीकर्ताहरु उत्साही भएका छन् ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ४.१९ अंकले बढेर २६३०.७१ विन्दुमा पुगेको छ । नेप्सेमा ०.१५ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स २.३० अंकले बढेर ४५१.४५ विन्दुमा रहेको छ ।
१३ उपसमूहहरुमध्ये ४ वटामा हरियो लागेको छ । बाँकी रहेका ९ वटामा रातो लागेको नेप्सेले जनाएको छ । यसदिन कुल ३१० कम्पनीहरुको शेयर कारोबार भएको छ ।
उनीहरुको २ करोड ९ लाख ७८ हजार ९७९ कित्ता शेयरको कारोबारबाट ५ अर्ब ३२ करोड ९२ लाख ७४ हजार ४५४ रुपैयाँ ७७ पैसा बराबरको कारोबार भएको छ ।
कारोबारको आधारमा सबैभन्दा बढी प्रभु बैंक लिमिटेडको कारोबार भएको छ । बैंकको ५० करोड ७७ लाख ८३ हजार ७०३ रुपैयाँ ९० पैसा बराबरको कारोबार भएको छ ।
सबैभन्दा धेरै आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य बढेको छ । संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै कर्पोरेट डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक र सिन्धु विकास बैंकको शेयरमूल्य घटेको छ । यी बैंकको शेयरमूल्य १० प्रतिशतले घटेको छ ।










काठमाडौं, ८ मङ्सिर। सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रको वर्तमान आवश्यकता, बदलिँदो स्वरूप…
काठमाडौं, ८ मंसिर। साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५.३९ अंकले…
काठमाडौं, ८ मंसिर। सरकारले आन्तरिक स्रोत परिचालनका लागि थप १० अर्ब रुपैयाँ ऋण उठाउने भएको…
ललितपुर, ८ मङ्सिर। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विपद् प्रभावित क्षेत्रको पुनःस्थापना र पुनर्निर्माण… 




