
काठमाडौं, १२ पुस । ग्लोबल आइएमई क्यापिटल लिमिटेड मन्दाकिनी हाइड्रोपावर लिमिटेडकाे हकप्रद निष्कासन गर्नका लागि शेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त भएकाे छ ।
यसका बारेमा पुस ८ गते मन्दाकिनी हाइड्रोपावरका सञ्चालक समिति अध्यक्ष शरद कुमार दाहाल र ग्लोबल आइएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत मन्दिप लुईटेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।
कम्पनीको २०८१ साल मंसिर ७ गते सम्पन्न एघारौं साधारण सभाले अनुमाेदन गरेकाे चुक्ता पुँजीको १२५ प्रतिशत अर्थात १ :१.२५ काे रेसियाेमा हकप्रद शेयर खुलाउन सम्झौता भएको हो । साधारण सभापछि कम्पनीको अधिकृत पुँजी २ अर्ब, जारी तथा चुक्ता पुँजी ६४ करोड ६७ लाख पुगेको छ ।
कम्पनीले सार्दीखोला जलविद्युत आयोजनाकाे प्रवर्धन गरेकाे छ । जाे कास्कीकाे माछापुच्छ्रे गाउँपालिकामा रहेको आयोजनाबाट ४ मेगावाट विद्युत उत्पादन भईरहेकाे छ ।
हकप्रद शेयर बिक्रीपछि कम्पनीकाे लगानी बिस्तार तथा २.९ मेगावाटकाे माथिल्लो सार्दिखोला जलविद्युत आयोजना निर्माण गर्ने योजना रहेकाे छ ।








काठमाडौं, ८ मंसिर । आकाश क्यापिटल लिमिटेड अबदेखि कामना सेवा क्यापिटल लिमिटेडकाे नामबाट संचालन हुने…
सियोल, ८ मङ्सिर । दक्षिण कोरियाले आफ्नो हवाई रक्षा पहिचान क्षेत्रमा प्रवेश गरेका रूसी सैन्य…
बेइजिङ, ८ मङ्सिर । चीनले आफ्नो अन्तरिक्ष स्टेसनमा पुग्ने पहिलो विदेशी अन्तरिक्ष यात्रीका रूपमा पाकिस्तानी…
काठमाडौं, ८ मंसिर । नेपाली बजारमा मंसिर ८ गते, मंगलबार सुन र चाँदी दुवैको मूल्यमा… 




