
काठमाडौं, १२ पुस । नेपाल राष्ट्र बैंकले तीनवटा रेमिट्यान्स कम्पनीको लाइसेन्स खारेज गरेको छ । लाइसेन्स खारेजिमा परेका कम्पनीहरुमा नमस्ते रेमिट इन्टरनेशनल प्रालि, मोर्डन रेमिट्यान्स प्रालि र भाटभटेनी मनि ट्रान्सफर प्रालि रहेका छन्।
राष्ट्र बैंकले विप्रेषण विनियमावली २०७९ को विनियम १३ को उपविनियम ५ अनुसार तीनवटै कम्पनीहरुको लाइसेन्स खारेज गरेको जानकारी गराएकाे छ ।
राष्ट्र बैंकका अनुसार विप्रेषण कारोबारमा पारदर्शिता, विश्वसनीयता र नियमनको पालना नभएकाले लाइसेन्स खारेज गरिएको छ । याे कारबाहीबाट रेमिट्यान्स सेवा प्रवाहमा थप सुधार आउने आशा गरिएकाे छ ।
कुनै व्यक्ति वा संस्थाले लाइसेन्स खारेज गरिएका कम्पनीहरुसँग लेनदेन गरेकाे भएमा ३५ दिनभित्र लिखित जानकारी दिन राष्ट्र बैंकले सबैमा अनुराेध गरेको प्रकाशित सूचनामा जनाइएकाे छ । बैंकले ताेकेकाे समयावधिमा कुनै दाबी नआएमा कम्पनीहरुको बैंक जमानत स्वतः फुकुवा हुने जनाइएकाे छ ।
यसैबीच राष्ट्र बैंकले विप्रेषण सेवा लिने र दिने सबैलाई सचेत रहेर नियमानुसार काम गर्न अनुराेध गरेकाे छ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




