एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको साधारण सभा सम्पन्न,अध्यक्ष बने थपलिया

-



     सफल आवाज    
     पौष १४ गते २०८१ मा प्रकाशित



काठमाडाैं, १४ पुस । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको १२ औं बार्षिक साधारण सभा सम्पन्न भएकाे छ । साधारण सभाले कम्पनीकाे गत आवकाे वासलात पारित गर्दै साेही सभाबाट ४ बर्षका लागि ६ जना सञ्चालक समेत निर्वाचित गरेकाे छ। कम्पनीको शुक्रबार सम्पन्न १२ औं साधारण सभाबाट १ जना महिलासहित ६ जना सञ्चालक निर्वाचित भएका हुन्।  

निर्वाचित सञ्चालकहरुमा सिताराम थपलिया, विश्वराज नेपाल, राजिव प्रसाद प्याकुरेल, दिनुका पोखेल, तिलक कोइराला र विमल कुमार भट्टराई रहेकाे कम्पनीले जनाएकाे छ। 

नवगठित सञ्चालक समितिका जेष्ठ सदस्य रमेश कुमार पोखरेलको अध्यक्षतामा बसेकाे बैठकले सिताराम थपलियालाई अध्यक्षमा सर्वसम्मत चयन गरेकाे छ ।