नेप्सेमा २१.१२ अंकको गिरावट, साढे ५ अर्बकाे काराेबार

-



     सफल आवाज    
     पौष १४ गते २०८१ मा प्रकाशित



काठमाडौं, १४ पुस । साताको शेयर कारोबार हुने पहिलो दिन आईतबार नेपाली शेयर बजारमा गिरावट भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २१.१२ अंकले घटेर २६०९.५८ घटेर विन्दुमा झरेको छ । नेप्सेमा ०.८० प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स २.४६ अंकले घटेर ४४८.९९ विन्दुमा रहेको छ ।

१३ उपसमूहहरुमध्ये ३ वटामा मात्रै हरियो लागेको छ । बाँकी रहेका १० वटा उपसमूहहरुमा रातो लागेको छ । यसदिन कुल ३१५ कम्पनीहरुको शेयर कारोबार भएको छ ।

उनीहरुको १ करोड १० लाख ९९ हजार २३९ कित्ता शेयरको खरिदबिक्रीबाट ५ अर्ब ४७ करोड ४८ लाख ६८ हजार ७६४ रुपैयाँ ७७ पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा धेरै प्रभु बैंक लिमिटेडको कारोबार भएकाे छ । बैंकको २६ करोड १० लाख ८२ हजार ६६४ रुपैयाँ ८० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य बढेको छ । संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको शेयरमूल्य घटेको छ । संस्थाको शेयरमूल्य १० प्रतिशतले घटेको छ ।