नविल बैंकको वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतमा मनोज ज्ञवालीको बढुवा

-



     सफल आवाज    
     पौष १४ गते २०८१ मा प्रकाशित



काठमाडौं, १४ पुस । नबिल बैंक लिमिटेडको वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतमा बैकर मनोज ज्ञवालीको बढुवा भएको छ । यसअघि उनी साेही बैकमा नायव प्रमुख कार्यकारी अधिकृतकाे जिम्मेवारीमा थिए । ज्ञवालीको याे बढुवा सँगै अब उनलाई सीईओ बन्ने बाटो लगभग खुल्ला भएको छ ।