यस्ताे छ नेपाल लाइफ इन्स्योरेन्सकाे नयाँ बोनसदर

-



     सफल आवाज    
     पौष १६ गते २०८१ मा प्रकाशित



काठमाडाैं, १६ पुस। नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८०/८१ का लागि बीमितलाई प्रदान गर्ने बोनस दर घोषणा गरेको छ। कम्पनीले यो अवधिका लागि बीमितलाई प्रति वर्ष प्रति हजारमा न्यूनतम ५५ रुपैयाँदेखि अधिकतम ८५ रुपैयाँसम्म बोनस प्रदान गर्ने निर्णय गरेको हाे।  

कम्पनीले सावधिक तथा सामूहिक जीवन बीमालेख अन्तर्गत १० वर्षे अवधिसम्मका लागि ६० रुपैयाँ, ११ देखि १५ वर्ष अवधिसम्मका लागि ६० रुपैयाँ,१६ देखि २० वर्षका लागि ६० रुपैयाँ २१ देखि २५ वर्षका लागि ७० रुपैयाँ, २६ देखि ३० वर्ष अवधिका लागि ८२ रुपैयाँ र ३० भन्दा माथि अवधिका लागि पनि ८२ रुपैयाँ बोनस दर कायम गरेको जनाएकाे छ।  

कम्पनीले सावधिक जीवन बीमालेख अन्तर्गत १० वर्षे अवधिका लागि ६५ रुपैयाँ,११ देखि १५ वर्षका लागि ६५ रुपैयाँ,१६ देखि २० वर्षका लागि ६५ रुपैयाँ,२१ देखि २५ वर्षका लागि ७२ रुपैयाँ,२६ देखि ३० वर्षका लागि ८२ रुपैयाँ र ३० भन्दा माथि अवधिका लागि ८२ रुपैयाँ बोनसदर प्रदान गर्ने निर्णय गरेको छ ।  

सावधिक बीमालेख अन्तर्गत १० वर्षे अवधिका लागि ५६ रुपैयाँ,११ देखि १५ वर्षका लागि ५६ रुपैयाँ,१६ देखि २० वर्षका लागि ५६ रुपैयाँ,२१ देखि २५ वर्षका लागि ६० रुपैयाँ,२६ देखि ३० वर्षका लागि ७० रुपैयाँ र ३० भन्दा माथि अवधिका लागि ७० रुपैयाँ बोनसदर प्रदान गर्ने निर्णय गरेको जनाइएकाे छ ।