बिहिबार बढ्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

-



     सफल आवाज    
     पौष १८ गते २०८१ मा प्रकाशित



काठमाडौं, १८ पुस । साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ ५ सय तथा चाँदीमा रुपैयाँ २५ ले बृद्धि भएको जनाएकाे छ ।

छापावाल सुनमा रुपैयाँ ५ सयले बढेर तोलाको १ लाख ५१ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बुधबार छापावाल सुन तोलाको १ लाख ५१ हजार रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा यसदिन रुपैयाँ २५ ले बढेर तोलाको १ हजार ७ सय ९० रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार सेतो धातु चाँदी तोलाको १ हजार ७ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।