
काठमाडौं, १९ पुस । लाभांश प्रस्ताव पारित गर्न शाइन रेसुंगा डेभलपमेन्ट बैंकको साधारण सभा आज बस्दैछ । सभा ड्रिमल्याण्ड गोल्ड रिसोर्ट एन्ड प्रा. लि मणिग्राम, रुपन्देहीमा पूर्वान्ह ११ बजेदेखि बस्दै छ ।
साधारण सभाबाट ३ प्रतिशत बोनस तथा कर प्रयाेजनका लागि ५ प्रतिशत नगद लाभांश वितरणकाे प्रस्ताव अनुमेादन गरिने भएकाे छ ।
सभाले संस्थापकबाट ३ जना र सर्वसाधारणबाट ३ जना गरी ६ जना सञ्चालक चयन गर्नेछ । साथै आर्थिक वर्ष २०८०–८१ को वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका एजेण्डाहरुमा छलफल गरी पारित गरिने भएकाे छ ।
सभामा अन्य उपयुक्त लागेका बैंक तथा वित्तीय संस्थाहरु संग मर्जरका लागि वा प्राप्तिका लागि कार्य गर्ने जिम्मेवारी सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्ताव पेश हुँदेछन् ।
आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षककाे नियुक्ति र पारिश्रमिक ताेक्ने साथै प्रबन्धपत्र संशोधनकाे विषय पनि रहेकाे छ । सभाका लागि बैंकले पुस ३ गते बुक क्लोज गरेको थियाे । लाभांश पाउन र सभामा भाग लिनका लागि शेयरधनीहरुले पुस ३ गतेसम्म शेयर काराेबार गरी कायम भएकाे हुनुपर्नेछ ।








पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका…
काठमाडौं, ८ मङ्सिर। सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रको वर्तमान आवश्यकता, बदलिँदो स्वरूप…
काठमाडौं, ८ मंसिर। साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५.३९ अंकले… 




