सुन तोलामा रु १५ सयले गिरावट, चाँदीको भाउ स्थिर

-



     सफल आवाज    
     पौष २२ गते २०८१ मा प्रकाशित



काठमाडौं, २२ पुस । साताको सुनचाँदीको कारोबार हुने दोश्रो दिन सोमबार नेपाली बजारमा सुनको भाउ घटेको छ । चाँदीको भाउ भने स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलामा रुपैयाँ १ हजार ५ सयले घटेको छ । चाँदीको भाउ आईतबारकै कायम भएको छ ।

छापावाल सुनमा रुपैयाँ १ हजार ५ सयले घटेर तोलाको १ लाख ५२ हजार रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि आईतबार छापावाल सुन तोलाको १ लाख ५३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

महांघका अनुसार चाँदीको भाउ स्थिर रहेर तोलाको १ हजार ८ सय १० रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार पनि सेतो धातु चाँदी तोलाको १ हजार ८ सय १० रुपैयाँमा नै कारोबार भएको थियो ।