साना किसान विकास लघुवित्तको एजीएम आज

-



     सफल आवाज    
     पौष २३ गते २०८१ मा प्रकाशित



काठमाडौं, २३ पुस । साना किसान विकास लघुवित्त वित्तीय संस्थाकाे वार्षिक साधारण सभा आज भक्तपुरमामा बसेकाे छ । सभाले १४ प्रतिशत लाभांश वितरणकाे प्रस्ताव अनुमाेदन गर्ने भएकाे छ ।

सभा कृषि विकास बैंकको केन्द्रीय तालिम प्रतिष्ठान, बोडे, भक्तपुरमा बिहान १० बजेबाट सुरु भएकाे छ । सभामा सेयरधनीहरुका लागि १३.३० प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ०.७० प्रतिशत नगद लाभांश वितरणकाे प्रस्ताव पेश हुने कार्यसूची रहेकाे छ । 

सभामा आर्थिक वर्ष २०८०–८१ को नाफा नोक्सान तथा हिसाबका किताबका बारेमा छलफल गरिदैछ । यस्तै सभाले आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षककाे नियुक्ति र पारिश्रमिक ताेक्नेछ ।

साधारण सभाकाे प्रयोजनका पुस १७ गते  बुक क्लोज गरिएकाे थियाे । लाभांश पाउन र सभामा भाग लिनका लागि शेयरधनीहरुले पुस १६ गतेसम्म शेयर काराेबार गरी कायम भएकाे हुनुपर्नेछ ।