मंगलबार सुनको भाउ स्थिर, चाँदीमा बृद्धि

-



     सफल आवाज    
     पौष २३ गते २०८१ मा प्रकाशित



काठमाडौं, २३ पुस । साताको सुनचाँदीको कारोकार हुने तेश्रो दिन मंगलबार नेपाली सुनचाँदी बजारमा सुनको भाउ स्थिर रहेको छ । चाँदीको भाउमा भने बृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनको भाउ स्थिर रहेर कारोबार भईरहेको जनाएको छ । चाँदीको भाउ तोलामा रुपैयाँ २० ले बढेको छ ।

यसदिन छापावाल सुनको भाउ स्थिर रहेर तोलाको १ लाख ५२ हजार रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि सोमबार पनि छापावाल सुन तोलाको १ लाख ५२ हजार रुपैयाँमा नै कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा यसदिन तोलामा रुपैयाँ २० ले बढेर तोलाको १ हजार ८ सय ३० रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार सेतो धातु चाँदी तोलाको १ हजार ८ सय १० रुपैयाँमा कारोबार भएको थियो ।