आज सुनमा रु ८ सयले बृद्धि, चाँदीको भाउ पनि बढ्यो

-



     सफल आवाज    
     पौष २६ गते २०८१ मा प्रकाशित



काठमाडौं, २६ पुस । साताको सुनचाँदीको कारोबार हुने छैटौं दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ ८ सय तथा चाँदीमा रुपैयाँ ५ ले बढेको जनाएको छ।

यसदिन छापावाल सुनमा रुपैयाँ ८ सयले बढेर तोलाको १ लाख ५४ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बिहिबार छापावाल सुन तोलाको १ लाख ५३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा रुपैयाँ ५ ले बढेर तोलाको १ हजार ८ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहिबार सेतो धातु चाँदी तोलाको १ हजार ८ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।