गरिमा विकास बैंकको १८ औं वार्षिक साधारण सभा सम्पन्न, अध्यक्षमा दिलिप प्रताप खाँड चयन

-



     सफल आवाज    
     माघ १ गते २०८१ मा प्रकाशित




काठमाडौं, १ माघ । लाजिम्पाट काठमाडाैंमा केन्द्रीय कार्यालय रहेकाे गरिमा विकास बैंक लिमिटेडको १८ औं वार्षिक साधारण सभा पौष २९ गते सोमबार पोखरामा सम्पन्न भएको छ । उक्त साधारण सभाले प्रस्तुत भएका सम्पूर्ण प्रस्तावहरु उपर छलफल गरी सर्वसम्मतीले पारित गरेको थियाे।

विकास बैंकले आ.व. २०८०/८१ को वार्षिक प्रतिवेदन सहित शेयरधनीहरुलाई प्रस्ताव गरिएको ५ प्रतिशत (कर सहित) को नगद लाभांस सर्वसम्मतीले पारित गरेको छ । २०८१ पौष १७ गतेसम्म कायम रहेका विकास बैंकका शेयरधनीहरुले मात्र सभाले पारित लाभांस प्राप्त गर्नेछन् ।

उक्त साधारण सभाबाट आगामी कार्यकालका लागि संस्थापक शेयरधनीहरुको प्रतिनिधित्व गर्ने ३ जना संचालकहरु दिलिप प्रताप खाँड, श्याम प्रसाद बस्याल र दिपेन्द्र श्रेष्ठ निर्वाचित भएका छन ।

त्यसैगरी सर्वसाधारण शेयरधनीको प्रतिनिधित्व गर्ने ३ जना संचालकहरु विमल पाण्डे, शोभाकान्त ढकाल र आयुष्मा कोईराला निर्वाचित भएका छन ।

साधारणसभा पश्चात बसेको नवनिर्वाचित संचालकहरुको बैठकले दिलिप प्रताप खाँडलाई सञ्चालक समितिको अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको बताइएको छ ।

हाल बैंकको चुक्ता पूँजी रु ५ अर्ब ६८ करोड ५ लाख १७ हजार ३ सय २७ रहेको छ । विकास बैंकले हाल देशभर १२३ शाखा कार्यालयहरु, १ एक्स्टेन्सन काउण्टर र ५१ एटिएमका साथै नविनतम डिजिटल बैंकिङमार्फत सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रवाह गर्दै आईरहेको छ ।