मर्जर प्रक्रियामा अघि बढ्याे पोखरा फाइनान्स

-



     सफल आवाज    
     माघ २ गते २०८१ मा प्रकाशित



पाेखरा, २ माघ । पोखराकाे न्युराेडमा केन्द्रीय कार्यालय रहेकाे पोखरा फाइनान्स लिमिटेड मर्जर प्रक्रियामा अघि बढ्ने भएको छ । फाइनान्सका एक उच्च अधिकारीका अनुसार संस्थाले आफ्ना ग्राहकहरूलाई अधिकतम वित्तीय सेवा प्रदान गर्न र सेयरधनीहरुलाई उच्च प्रतिफल दिने लक्ष्यका साथ मुलुकको एक अग्रणी वाणिज्य बैंकसँग मर्जमा जाने बिषयमा फाइनान्सले छलफल शुरु गरिसकेको छ ।

स्रोतबाट प्राप्त जानकारी अनुसार पोखरा फाइनान्स लिमिटेडकाे बर्तमान संचालक समितिले वाणिज्य बैंकसँग मर्जमा जाने बिषयमा छलफल गरेर प्रक्रिया अगाडी बढाइसकेकाे छ। तर कुन बैकसँग मर्जमा जाने भन्ने बिषयमा भने फाइनान्सले खुलाएकाे छैन ।

वि.सं. २०५३ सालदेखि सञ्चालनमा आएको याे फाइनान्स कम्पनी पोखरा क्षेत्रकाे एक स्थापित पुरानो वित्तीय संस्था हाे । यस संस्थाले हाल मुख्य कार्यालय सहित कास्की, चितवन, गोरखा, स्याङ्जा, नवलपरासी, तनहुँ, लमजुङ, काठमाण्डौं, ललितपुर, रुपन्देही र बाँके समेत गरी २५ वटा शाखा कार्यालयहरुबाट वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

हाल संस्थाको चुक्ता पुँजी रु. १ अर्ब ८ करोड, निक्षेप ११ अर्व र कर्जा ८ अर्व माथि रहेको बताइएकाे छ ।