लिबर्टी इनर्जीले आजदेखि हकप्रद शेयर लिलाम बिक्री गर्दै

-



     सफल आवाज    
     माघ २ गते २०८१ मा प्रकाशित



काठमाडाैं, २ माघ । लिबर्टी इनर्जीले आजदेखि हकप्रद शेयर लिलाम बिक्री गर्दैछ । कम्पनीले १ बराबर ०.५० रेसियाेमा बिक्रीमा ल्याएकाे हकप्रदमा आवेदन नपरेको हकप्रदमा लिलाम बढाबढबाट बिक्री गर्न लागेको जनाएकाे छ ।

कम्पनीका अनुसार सर्वसाधारण समूहको ८ लाख २६ हजार ५७४ कित्ता अवितिरत हकप्रद लिलाम बिक्री गर्न लागिएकाे हाे ।

शेयरमा लगानी गर्न चाहने लगानीकर्ताले माघ ९ गतेभित्र बोलपत्र दिज सक्नेछन् । शेयरकाे प्रतिकित्ता भाउ रू १ सय तोकिएको छ। लगानीकर्ताले उक्त मूल्यभन्दा बढी मूल्य राखेर शिलबन्दी बोलपत्र बुझाउनु पर्नेछ। आवेदन दिदा घटीमा १ सय कित्ताका लागि आवेदन दिनुपर्नेछ । बढी संख्याका लागि सिमा ताेकिएकाे छैन।

इच्छुक लगानीकर्ताले बिक्री प्रबन्धक प्रभु क्यापिटल, प्रभु बैंकका विराटनगर, बीरगंज, जाउलाखेल, हेटौँडा, पोखरा, बुटवल, सुर्खेत र धनगढी शाखा कार्यालयबाट बोलपत्र आवेदन फाराम बुझाउन सक्नेछन्। शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ।