सीवाइसी नेपाल लघुवित्तको स्थगित भएकाे साधारण सभा माघ १२ गते हुने

-



     सफल आवाज    
     माघ २ गते २०८१ मा प्रकाशित



काठमाडौं, २ माघ । सीवाइसी नेपाल लघुवित्तको स्थगित साधारण सभा माघ १२ गते हुने भएको छ । यसअघि पुस २९ गते बाेलाइएकाे साधारण सभा गणपुरक संख्या नपुगेपछि स्थगित भएको थियाे ।

कम्पनीले यसअघि तय गरेका एजेन्डाहरु नै साधारण सभामा पेश हुनेछन् । सभामा यसपटक लाभांशकाे प्रस्ताव नभए पनि विविध वित्तीय विषयहरुमाथि छलफल गरिने भएकाे छ।

सभामा गत आर्थिक वर्षको प्रतिवेदन, नाफा नोक्सान, हिसाबकिताब, नगद प्रवाह लगायतका विषयहरू रहनेछन् । आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षककाे नियुक्ति र पारिश्रमिक ताेक्ने लगायतका एजेन्डा रहेका छन् । प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने विशेष प्रस्ताव पनि रहेकाे छ । 

यस्तै सभामा अन्य उपयुक्त लागेकाे लघुवित्तसँग गाभ्ने, गाभिने वा प्राप्ति गर्ने बारेमा काम गर्नका लागि जिम्मेवारी सञ्चालक समितिलाई दिइनेछ ।

सभाकाे प्रयोजनका लागि पुस १८ गते बुक क्लोज गरिएकाे थियाे । लगानीकर्ताले सभामा भाग लिनका लागि पुस १७ गतेसम्म नेप्सेमा शेयर काराेबार गरी कायम भएकाे हुनुपर्नेछ ।