नेप्सेमा सामान्य बृद्धि, पौने ६ अर्बको कारोबार

-



     सफल आवाज    
     माघ २ गते २०८१ मा प्रकाशित



काठमाडौं, २ माघ । शेयर बजार बन्द हुँदाको समयभन्दा केहि मिनेट अगाडीसम्म दोहोरो अंकको गिरावटमा रहेको शेयरबजारको आजको यात्रा बजार बन्द हुने समयमा भने उकालो लागेको छ ।

साताको शेयर कारोबार हुने चौथो दिन बुधबार नेपाली शेयर बजारमा सामान्य अंकको बृद्धि भएको छ । यसलाई लगानीकर्ताले सकारात्मक रुपमा लिएका छन् ।

नेप्सेमा १.८३ अंकको बृद्धि भएको छ । यसरी बढेकाे नेप्से २५९५.९६ विन्दुमा पुगेकाे छ । नेप्सेमा ०.७ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स २.४१ अंकले घटेर ४३९.०१ विन्दुमा रहेको छ ।

१३ उपसमूहहरुमध्ये ६ वटामा रातो लागेको छ । बाँकी रहेका ७ वटामा हरियो लागेको छ । यसदिन कुल २९९ वटा कम्पनीहरुको शेयर कारोबार भएको छ ।

उनीहरुको १ करोड ७ लाख ४५ हजार ४२७ कित्ता शेयरको खरिदबिक्रीबाट ५ अर्ब ८२ करोड ४९ लाख ४ हजार १३४.७० पैसा पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको शेयर कारोबार भएको छ । कम्पनीको ३२ करोड ४९ लाख ४४ हजार ७१८ रुपैयाँ २० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै दोल्ति पावर कम्पनी लिमिटेडको शेयरमूल्य बढेको कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै न्यादी हाइड्रोपावर लिमिटेडको शेरमूल्य घटेको छ । कम्पनीको शेयरमूल्य १० प्रतिशतले घटेको छ ।