सुनचाँदीको भाउ उकालाे लाग्यो, तोलाको कति?

-



     सफल आवाज    
     माघ ४ गते २०८१ मा प्रकाशित



काठमाडौं, ४ माघ । साताको सुनचाँदीको कारोबार हुने अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ १३ सयले बढेको जनाएको छ । चाँदीमा रुपैयाँ १० ले बृद्धि भएको छ ।

यसदिन छापावाल सुनमा रुपैयाँ १३ सयले बढेर तोलाको १ लाख ५७ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेकाे छ । यसअघि बिहिबार छापावाल सुन तोलाको १ लाख ५६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा रुपैयाँ १० ले बढेर तोलाको १ हजार ८ सय ९० रुपैयाँमा कारोबार भईरहेका छ । बिहिबार सेतो धातु चाँदी तोलाको १ हजार ८ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।