आरएसडिसी लघुवित्तकाे नाफा घट्याे

-



     सफल आवाज    
     माघ ६ गते २०८१ मा प्रकाशित



काठमाडौं, ६ माघ । आरएसडिसी लघुवित्त वित्तीय संस्थाकाे नाफामा कमि भएकाे छ। संस्थाकाे सार्वजनिक भएकाे चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार खुद नाफा गत आर्थिक वर्षको सोही अवधिकोभन्दा घटेको छ।

यस आर्थिक वर्षको दोस्रो त्रैमाससम्म लघुवित्तकाे नाफा ४ करोड ४१ लाख रुपैयाँ रहेकाे छ। जाे गएकाे वर्षको सोही अवधिको भन्दा ३६.२५ प्रतिशतले थाेरै हो। गएकाे वर्षमा संस्थाकाे नाफा ६ करोड ९३ लाख रुपैयाँ थियो।

संस्थाकाे खुद ब्याज आम्दानी घटेको ५ भने खराब कर्जा बढेको कारण खुद नाफामा कमि भएकाे हाे। खुद ब्याज आम्दानी ८.११ प्रतिशत तथा खुद फि तथा कमिशन आम्दानी ७४.९१ प्रतिशतले घटेको छ। कुल सञ्चालन आम्दानी १२.२७ प्रतिशत र सञ्चालन मुनाफा ३४.६८ प्रतिशतले घटेको छ।

खराब कर्जा १.८२ प्रतिशतले बढेर २.७१ प्रतिशत रहेकाे छ। इम्पेरमेन्ट चार्ज ४१ लाख रुपैयाँबाट बढेर २ करोड ६० लाख रुपैयाँ भएकाे छ। संस्थाकाे वितरणयोग्य मुनाफा ३ करोड ६७ लाख रुपैयाँ रहेको छ।

लघुवित्तको प्रतिशेयर आम्दानी ६ रुपैयाँ ५८ पैसा घटेर ९ रुपैयाँ ३६ पैसा रहेकाे छ। मूल्य आम्दानी रेसियाे ७१.६१ प्रतिशत हुँदा प्रतिशेयर नेटवर्थ १३२ रुपैयाँ २९ पैसा रहेको छ।

संस्थाकाे चुक्ता पूँजी ९४ करोड ४३ लाख रुपैयाँ रहेकाे छ । जगेडा कोषमा ३० करोड ४९ लाख रुपैयाँ रहेकाे छ । संस्थाले रुपैयाँ ६ अर्ब १२ करोड ७३ लाख रुपैयाँ सापटीबाट लगानी गरेको छ । साथै ६ अर्ब ५० करोड २६ लाख रुपैयाँ कर्जा लगानी रहेकाे छ।